काठमाडौं ७ चैत । ‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु।३ करोडको परियोजना लागतमा निर्मित मकवानपुर जिल्लास्थित श्री जन कल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको आज मकवानपुरको जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
२। ‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआइसीडीपी० को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरिएको थियो ।
३। श्री जन कल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो र सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ८५० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५४५ छात्राहरू छन् ।
४। मकवानपुरको जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण गरिएको पूर्वाधारले मकवानपुरको श्री जन कल्याण माध्यमिक विद्यालयको विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै उक्त क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
५। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्