काठमाडौं ९ चैत । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहका अखडाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानबाट इजरायलमा रकेट प्रहार भएपछि जवाफी कारबाही सुरु गरिएको हो।
गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच भएको युद्धविराम भएयता लेबनानका हेजबुल्लाह अखडाबाट इजरायलविरुद्ध यो पहिलो आक्रमण थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा ‘आतंकवादी लुक्ने ठाउँ’मा शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन्।
अर्कातर्फ, लेबनानको सरकारी समाचार एजेन्सीले इजरायली आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ।
यसअघि इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका तीनवटा रकेट विफल पारेको बताएको थियो। यस आक्रमणमा कुनै हताहतको समाचार छैन।
प्रतिक्रिया दिनुहोस्