ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोम परिवारको घर भत्काउने पालिका अध्यक्षसहित तीनजना विरुद्ध जाहेरी


एबीसी न्यूज
८ चैत्र २०८१, शनिबार   ८ : ०९   बजे

काठमाडौं ९ चैत । सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएका तीनविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ ।
पीडित दीपक मरिक डोमले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् ।

पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको र कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।

‘जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,’ एसपी पण्डितले भने ।

जाहेरी दिन दीपक मरिक दोमसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए । बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।

घटना सार्वजनिक भएपछि शुक्रबार नै पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पश्चात् शुक्रबार मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृहमन्त्रालयले तानिएको थियो ।

पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ । राति पालिका अध्यक्ष यादवका छोरा रुकेश यादव सहित केही व्यक्तिहरू पुगेर डोम परिवारलाई धम्काएका थिए ।

त्यसपछि दीपक मरिक उनकी श्रीमती अनिता अन्यत्र शरण लिएका छन् भने उनका बालबच्चाहरू प्रहरी चौकीमा रात बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu