काठमाडौं १० चैत । संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।
लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार, स्थानीय समय राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। पीडितहरूको पहिचान अज्ञात छ।
प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन्।
आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ।
“लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए।
घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए। घटनामा घाइतेको सङ्ख्या १४ बाट १५ पुग्यो।
लस क्रुसेस फायर चिफ माइकल डेनियलले पत्रकार सम्मेलनमा सात घाइतेलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि एल पासो लगिएको बताए। चार जना बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन्। अन्य चार जनाको अवस्था भने अज्ञात रहेको उनले उल्लेख गरे।
“यो हाम्रो समुदायका लागि दुस्खद् दिन हो। म समुदायलाई एकसाथ भेला हुन, बलियो र एकताबद्ध भएर उभिन र हाम्रो सहरमा भएको यो दुस्खद् घटनाको सामना गर्न आग्रह गर्न चाहन्छु।”
शनिबारको इन्स्टाग्राम पोस्टमा लस क्रुसेस सिटी काउन्सिलर र मेयर प्रो टेम जोहाना बेन्कोमोले गोलीकाण्डलाई ‘हिंसाको एक जघन्य कार्य जसले हाम्रो सहरलाई शोकमा डुबाउनेछ’ लेखेका छन्।
लस क्रुसेस अमेरिका(मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ।
प्रतिक्रिया दिनुहोस्