काठमाडौं १० चैत । ईसाई धर्मगुरु पोप फ्रान्सिस रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको फेब्रुअरी १४ मा अस्पताल भर्ना हुनुभएका पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज हुनुभएको बीबीसीले जनाएको छ ।
८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने डाक्टरहरूले बताएका छन् । सङ्क्रमणका कारण उहाँको दुवै फोक्सोमा निमोनिया भएको थियो । पोप पूर्णरूपमा निको नभए पनि उहाँमा निमोनिया नरहेको र अहिले स्थिर अवस्था रहेको डाक्टरहरूले बताएका छन् ।
पोप फ्रान्सिसले आफ्नो निवास भ्याटिकन फर्किनुअभि जेमेली अस्पतालको झ्यालबाट शुभेच्छुकहरूलाई आशीर्वाद दिनुभएको खबरमा उल्लेख छ । उहाँ अस्पतालमा भर्ना भएदेखि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्