काठमाडौं १० चैत । टर्किएमा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु औपचारिक रूपमा पक्राउ पर्नुभएको छ । विपक्षी नेता इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएको बीबीसीले जनाएको छ ।
उहाँले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिनअघि बुधवार पक्राउ गरिएको थियो ।
विपक्षी नेता इमामोग्लु पक्राउ परेपछि उहाँका समर्थकहरू सडकमा आएका छन् । विगत चार दिनदेखि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
यसैबीच राष्ट्रपति एर्दोगानले प्रदर्शनको आलोचना गर्दै इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी ९सीएचपी० लाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजित गरेको आरोप लगाउनुभएको छ । एर्दोगानको कार्यालयले जारी गरेको सन्देशमा टर्किएमा आतङ्क
प्रतिक्रिया दिनुहोस्