काठमाडौं ११ चैत । अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ । युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताउनुभएको छ । उहाँले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेको थियो । तर रुसले अस्वीकार गरेको थियो । दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए ।
युक्रेन र रुसबीचको युद्ध रोक्न अमेरिका मध्यस्तकर्ताको रूपमा लगातार वार्तामा रहेको छ । आजै रुस र अमेरिकाले पनि साउदी अरबमा वार्ता गर्दैछन् । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रुस–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्