ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   १ : २८   बजे

काठमाडौं ११ चैत । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ ।

यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group