काठमाडौं ११ चैत । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकबाट संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्न पुनस् सिफारिस समिति गठन गर्ने सम्भावना छ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्ने निर्णय भएको थियो।
प्रतिक्रिया दिनुहोस्