काठमाडौं ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीनिकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको अवस्थामा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताएका हुन्।
देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाखभन्दा बढीलाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ,ु उनले भने।
उनले निर्माण व्यवसायीले झेलिरहेको भुक्तानी र निर्माण सामग्रीको मूल्यवृद्धिको विषयमा गम्भीर ध्यानाकर्षण भएको पनि बताए।
अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्रलगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको देउवाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्