ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङका लागि महावाणिज्यदूतमा लेखक नियुक्त


एबीसी न्यूज
११ चैत्र २०८१, मंगलबार   १ : १३   बजे

काठमाडौं १२ चैत । सरकारले हङकङका लागि महावाणिज्यदूतमा डा विन्देश्वर लेखकलाई नियुक्त गरेको छ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव लेखकलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल सरकारका सहसचिव लेखक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ६ महिनाअघि मात्र परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए।

उनले संघीय मामिला मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र भन्सार विभागअन्तर्गत कृष्णनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा पनि काम गरेका छन्।

उनले जापानको वासेदा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहायता तथा आर्थिक विकासमा विद्यावारिधि गरेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका उनी १९ वर्षअघि शाखा अधिकृतका रूपमा निजामती सेवा प्रवेश गरेका थिए। अर्थ मन्त्रालयबाट उनको जागिरे जीवन सुरू भएको थियो।

उनीसँग विश्व बैंकलगायत अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा पनि सरकारका तर्फबाट प्रतिनिधित्व जनाएको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group