काठमाडौं १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै कार्यक्रममा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्ने क्रममा विपक्षी दलको नेता भनेका छन्।
सुजाता कोइरालाले लेखेको म र मेरो सानोबुवाु पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विपक्षी दल नेता भनेपछि सहभागीहरू हाँसेका थिए।
अहिले कांग्रेस(एमाले लगायत दलको सरकार छ। ‘विपक्षी दलका नेता, संसदमा। ए विपक्षी दल नेता होइन, अहिले त हामी सरकारमा पो छौं त है, बालुवाटारमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी।
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले लेखेको पुस्तक विमोचनमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा, नेता शशांक कोइराला र शेखर कोइरालालगायत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस्