काठमाडौं १२ चैत । सरकारले भूमिसम्बन्धी अध्यादेश अघि बढाउन छलफल सुरु गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग यसबारे छलफल गरेका हुन्।
आजको छलफलमा भूमि अध्यादेशमा असन्तुष्ट रहेका जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्। उनी काठमाडौँ बाहिर भएकोले यसबारे विस्तृत छलफल बुधबारमात्रै हुने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रममन्त्री शरत्सिंह भण्डारीले नेपालखबरलाई जानकारी दिए।
भूमिसम्बन्धी अध्यादेशअघि बढाउनेबारे छलफल भएको हो, उनले भने, पाँच वटा अध्यादेश यसअघि नै पास भयो। अब भूमिसम्बन्धी अध्यादेश कसरी लैजाने भन्नेबारे कुरा भयो।
यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए।
त्यसपछि सरकारले भूमि अध्यादेश रोकेर अन्य अध्यादेश अघि बढाएको थियो।
प्रतिक्रिया दिनुहोस्