ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बालेनले लेखे, गलत भए मलाई जेल हाल


एबीसी न्यूज
११ चैत्र २०८१, मंगलबार   ८ : १७   बजे

काठमाडौं १२ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले ‘कानुन मिच्ने भ्रष्टाचारी’लाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्।

मेयर बालेनले मंगलबार चैत १२ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै सरकारविरुद्ध उक्त आरोप लगाएका हुन्।
उक्त कुरा कुरा गलत भए आफूलाई जेल हाल्न उनले सरकारलाई चुनौतीसमेत दिएका छन्।
‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने’, बालेनले लेखेका छन्, ‘माथिको कुरा गलत भए मलाइ जेल हाल।’ अवैधानिक रूपमा काठमाडौँ टावरको नक्सापास गरेको आरोप लगाउँदै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए।

गुरागाईंबारे छानबिन गर्न २०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो। यसअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। जसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो।

तर पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि छानबिन समिति अलपत्र परेको थियो। त्यसपछि मेयर बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो।

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको थियो। समितिले समय अपुग भयो भनेपछि १० दिनको समय थपिएको थियो। तर प्रतिवेदन तयार पूरा गर्न बाँकी रहेको भन्दै समितिले फेरि थप समय मागेको थियो।

तर समय थप्न अस्वीकार गर्दै बालेनले ३ जना विभागीय प्रमुखलाई प्रतिवेदन तयार पार्न लगाएका थिए। त्यही प्रतिवेदन उनले मंगलबार सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group