ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौको हावा अस्वस्थकर : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   ७ : ५३   बजे

काठमाडौं १३ चैत । वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान ७ बजेसम्म काठमाण्डौको एयर क्वालिटी इन्डेक्स एक्युआई० एक सय ६६ छ ।

आईक्यू एयरका अनुसार एक सय ५० सम्मको एक्युआईलाई सन्तोषजनक, एक सय ५० देखि दुई सयसम्मलाई अस्वस्थ, त्यसमाथी तीन सयसम्म अति अस्वस्थ र तीन सयमाथी आपत्कालीन अवस्था मानिन्छ ।

सुख्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नभएको, धुलाम्मे सडक, फोहोर जलाउनेलगायतका कारण नेपालमा यो बेला प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् ।

वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने तथा आँखा, छाला, मुटु र मष्तिस्कमा पनि असर गर्ने वरिष्ठ छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा।अच्युत भक्त आचार्यको भनाइ छ । वायु प्रदूषणबाट जोगिन सकेसम्म घर बाहिर नजाने, जानै परे मास्क लगाउन, सरसफाईमा ध्यान दिन उहाँको सुझाव छ ।

यसैबीच आज तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली रहेको तर धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group