ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेश सरकार ढाल्न लागेको खबर अफवाह- मोहम्मद युनुस


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   ८ : ०९   बजे

काठमाडौं १३ चैत । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार ढाल्न लागिएको खबर अफवाह भएको बताएका छन्।

उनले देशमा अस्थिरता सिर्जना गर्न मानिसहरूलाई भ्रमित पारिएको र झुटा समाचार फैलाइएको बताए।

प्रोफेसर युनुसले भने, ‘देशमा अस्थिरता सिर्जना गर्न मानिसहरूलाई भ्रमित गर्न एकपछि अर्को गलत जानकारी फैलाइँदै छ। अफवाह फैलाउन नयाँ तरिकाहरू अपनाइँदैछ। एउटा तस्वीरलाई अर्को तस्वीरसँग जोडिँदैछ, एउटा घटनाको फोटोकार्ड बनाइँदैछ र सामाजिक सञ्जालमा अन्य देशका घटनाहरूलाई यस देशको घटनाको रूपमा प्रस्तुत गरेर सनसनी फैलाइँदै छ।’
प्रोफेसर युनुसले यो हल्लका लागि अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीलाई दोष दिए।

उनले भने, ‘यसको पछाडि को छ र हाम्रो एकताले यी भागेका शक्तिलाई किन समस्या निम्त्याइरहेको छ भन्ने कुरा तपाईंहरू सबैलाई थाहा छ। उनीहरू यो एकता तोड्न चाहन्छन्।’

अन्तरिम सरकार प्रमुखले चुनाव नजिकिँदै जाँदा अफवाह झन् डरलाग्दो हुँदै जाने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu