काठमाडौ १३ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । आज बिहान पौने १० बजेदेखि लागेको आगो आठ वटा दमकलको सहयोगमा निभाउने प्रयास भइरहेको छ ।
सेन्टर प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगलागी सातौं तलासम्म फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले प्रहरी र स्थानीबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्लाजाको पाचौँ र छैटौं तलामा सिनेमा हल र होटल रहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्