ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा आगलागीका कारण १८ जनाको ज्यान गयो


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   १ : २४   बजे

काठमाडौ १३ चैत । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ । आगलागीका कारण १३ सय वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू प्रभावित भएका बीबीसीले जनाएको छ ।

डढेलोका कारण १७ हजार हेक्टर जनाभन्दा धेरै जङ्गलमा क्षति पुगेको छ । कार्यवाहक राष्ट्रपति हान डक–सूका अनुसार दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब डढेलोको रेकर्ड भएको बताउनुभएको छ । आगलागीको सङ्कट अझै गम्भीर रहेको उहाँको भनाइ छ ।

आगलागीको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार उइसोङ काउन्टीको पहाडमा एउटा अग्नि नियन्त्रक हेलिकप्टर पनि दुर्घटना भएको छ । डढेको फैलिएको क्षेत्रमा हजारौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू धेरै आगो निभाउन खटिएका छन् ।

कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि आगो निभाउन परिचालन भएका छन् । दक्षिण कोरियामा अहिले औसतभन्दा कम वर्षा भइरहेकोले सामान्यभन्दा सुख्खा अवस्था छ । यस वर्ष अहिलेसम्म दुई सय ४४ वटा डढेलोका घटना भएका छन् । जुन गएको वर्षको यही अवधिको तुलनामा २ दशमलव ४ गुणा बढी हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group