काठमाडौ १३ चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्न सरकारमाथि स्वार्थ समूह हाबी भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकार स्वास्थ्य समूहको हीत हुने काममा लागिरहेको आरोप लगाएका हुन्।
परिवर्तित व्यवस्थाप्रति जनताका अपेक्षा बढोत्तरी भएको छ। सरकार यी सबै विषयलाई बेवास्था गरिरहेको छ। बेखबर जस्तै देखिएको छ। राज्यका निकायलाई नियन्त्रणमा लिन राज्य उद्दत भइरहेको छ, सबै विपक्षीको तर्फबाट बोलेका बस्नेतले भने, स्वार्थ समूहको पृष्ठ पोषण र वैशाखीमा बनेको सरकारले उनीहरूकै हीत गर्नु सरकारको नीति र नियती भइरहेका छन्।
उनले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन पनि चेतावनी दिए। उनले दुई तिहाइको सामर्थ्य देखाएर कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी गर्दै हटाइएको पनि आरोप लगाए।
दुई तिहाइको सामर्थ राष्ट्रसेवकको मानमर्दन गर्न प्रदर्शन गरिएको छ। स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने प्रपन्च गरिएको छ, उनले भने, जलमाफीयाको स्वार्थ पूरा गर्न बक्यौता उठाउन नदिनेमा आधारित छ भन्ने जनताले बुझेको छ।
प्रतिक्रिया दिनुहोस्