ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा नदीजन्य विपद्को उद्धारका लागि ७ लाखभन्दा बढीको सामग्री हस्तान्तरण


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ८ : ०५   बजे

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघसहित विभिन्न गैरसरकारी संस्थाले संयुक्त रूपमा रकम संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई नदीजन्य विपद्मा खोज तथा उद्धारका लागि आवश्यक सामग्री सहयोग गरेका छन्।

सोमबार आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई सामग्री हस्तान्तरण गरेका हुन्। वर्षायाममा नदी तथा खोलामा हुन सक्ने दुर्घटनामा उद्धारका लागि सामग्री उपयोगी हुने बताइएको छ।

सामग्री खरिदका लागि आईएनएफ नेपालले ३ लाख, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन (एनजीडीएफ)ले १ लाख, सीवाईसी नेपालले १ लाख र बागलुङ उद्योग वाणिज्य संघले ५० हजार रुपैयाँ सहयोग गरेका थिए। नेपाल रेडक्रस सोसाइटीलगायत अन्य संस्थाको सहयोगसमेत जोडेर ७ लाख ३१ हजार १ सय १० रुपैयाँको लागतमा सामग्री खरिद गरिएको हो।

¥याफ्टिङ डुंगादेखि लाइफ ज्याकेटसम्म

खोज तथा उद्धारका लागि ¥याफ्टिङ डुंगा, आठ थान लाइफ ज्याकेट, आठ थान हेलमेट, आवश्यक डोरी, बनियानलगायत सामग्री समितिलाई हस्तान्तरण गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले गुणस्तरीय कम्पनीबाट सामग्री खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिए। विपद्का समयमा खोज तथा उद्धारमा सामग्रीले ठूलो राहत पुग्ने अपेक्षा गरिएको बताउँदै उनले अन्य आवश्यक उपकरण जुटाउनसमेत पहल भइरहेको बताए।

ड्रोन र एम्बुलेन्स जुटाउने तयारी

कँडेलका अनुसार खोज तथा उद्धारका लागि ड्रोन र जिल्ला विपद् व्यवस्थापन समितिका लागि एउटा एम्बुलेन्ससमेत आवश्यक छ। त्यसका लागि स्रोत खोजी भइरहेको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको परिपत्रअनुसार स्थानीय तहमा आवश्यक सामग्री जुटाउने निर्णय गरेपछि बागलुङ उद्योग वाणिज्य संघले सहयोगका लागि पहल थालेको थियो। संघका अध्यक्ष राजनकुमार शाक्यले गैरसरकारी संस्थाहरूले उक्त अभियानमा साथ दिएको बताए।

कालीगण्डकी किनारमा उद्धार सामग्रीको अभाव

बागलुङ, पर्वत र म्याग्दी जिल्लाको करिब एक सय किलोमिटर क्षेत्र कालीगण्डकी नदी किनारमा पर्छ। तर, यसअघि नदीजन्य दुर्घटनामा खोज तथा उद्धारका लागि पर्याप्त सामग्री उपलब्ध थिएन।

अब आवश्यक सामग्री उपलब्ध भएपछि सशस्त्र प्रहरी बल आश्रित गुल्म र नेपाल प्रहरीको विपद् उद्धार गुल्मले उद्धार कार्य सञ्चालन गर्नेछन्। दुवै गुल्ममा दक्ष उद्धारकर्मी रहेका छन् भने आवश्यक परेको अवस्थामा नेपाली सेनाको सहयोगसमेत लिइनेछ।

बाढीपहिरोमा उद्धार सहज हुने अपेक्षा

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी, सडक दुर्घटना, बाढीपहिरोलगायत विपद्मा खोज तथा उद्धारका काम हुँदै आएका छन्। आगलागी नियन्त्रणका लागि पनि गैरसरकारी संस्थाहरूले सामग्री सहयोग गर्दै आएका छन्।

वर्षायाममा कालीगण्डकीसहित सहायक खोला तथा नदीमा बाढी आउने र पहिरो जाने क्रम बढ्ने भएकाले उद्धार सामग्री अत्यावश्यक रहेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताए।

बाढीपहिरोका कारण मानिस तथा पशुचौपाया बेपत्ता हुने अवस्था रहेकाले उपलब्ध सामग्रीबाट तत्काल उद्धार गरी धनजनको क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। उनले जिल्लाका प्रत्येक स्थानीय तहमा यस्ता उद्धार सामग्रीको व्यवस्था गर्न आग्रह गरेका छन्। वडा तहमा आगलागी नियन्त्रणका लागि आवश्यक विद्युतीय उपकरणसमेत राख्न उनले सुझाव दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दूधकोशी जलाशययुक्त आयोजनामा एडीबीको लगानी अघि बढ्ने संकेत, वित्तीय व्यवस्थापन अन्तिम चरणमा

Turkey Parliament Approves Landmark Bill Offering Conditional Release To PKK Members

बैंकमा १३ खर्बभन्दा बढी तरलता, लगानीको वातावरणप्रति व्यवसायी अझै विश्वस्त छैनन्

Typhoon Dolphin Weakens But Prompts Mass Evacuations And Flight Cancellations Across China

Former Thai Lawmaker Arrested in Shooting Death of Local Official

अण्डाको समर्थन मूल्य बढ्यो, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu