काठमाडौ १३ चैत । ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई निवास सुविधा दिने गरी संरचना बनाउनु गलत भएको भन्दै रिट दायर भएको छ।
राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने जिकिरसहित अधिवक्ता चन्द्रप्रसाद भुसालले सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका हुन्।
उनले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। रिट दर्ता गर्दै सर्वोच्च अदालतले चैत १५ गते बिहान १० बजेका लागि पेसी तोकेको छ।
प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ३ ९१० प्रदेश प्रमुखको आवासको लागि नेपाल सरकारले सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गर्नेछ। भन्ने कानुनी व्यवस्थाबाट के स्पष्ट हुन्छ भने प्रदेश राजधानीमानै प्रदेश प्रमुखको लागि आवास सुविधा उपलब्ध हुन्छ संघीय राजधानीमा आवासको दोहोरो सुविधा लिन पाइँदैन,ु रिटमा भनिएको छ, ुसुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा १७ मा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम निर्णय गर्दा सम्बन्धित पदाधिकारीले गरेको निर्णय कुन(कुन कुरामा आधारित छ भन्ने कानुनी व्यवस्थालाई अन्देखा गरी ऐन कानुन विपरीत गरिएको मन्त्रिपरिषद्को निर्णय गैरकानुनी र असंवैधानिक छ।
ललितपुर महानगरपालिका वडा(१८ र २५ भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा अत्यधिक विलासितायुक्त आवास निर्माण गरिएको छ। उक्त आवासमा ७ बटा भवनमा १४ बटा ब्लक तयार पारिएको छ।
उक्त भवन निर्माणमा ८५ करोड बढी रकम खर्च भएको बताइएको छ।
रिटमा प्रदेश प्रमुखको आवासमा मात्रै मासिक तीन लाखसम्म खर्च हुने, मुख्यमन्त्रीको लागि आवासबाहेकका सुविधा खर्च प्रति महिना करिब चार लाखसम्म हुने अनुमान गरिएको छ।
यी संरचनाहरू निर्माण गरी प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई केन्द्र र प्रदेश गरी दोहोरो सुविधा प्रदान गर्दा संविधान, कानुन तथा राज्यको आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भएको दाबी रिटमा गरिएको छ।
त्यस्तै सार्वजनिक पद धारण गर्ने व्यक्तिले राज्यबाट दोहोरो सुविधा लिन नपाउने निर्णय पनि उनले रिटमा उल्लेख गरेका छन्।
नेपाल सरकारको मन्त्रिपरिषद् निर्णय ९२०७२र१२र१६० ले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले दोहोरो सुविधा लिन नपाउने निर्णय गरिसकेको छ।प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूले आफ्नो आफ्नो प्रदेशमा नियमानुसार आवास सुविधा लिइरहनुभएको छ भने संघीय राजधानीमा पनि नियमित आवास सुविधा लिइरहेका छन्, रिटमा उल्लेख छ, दोहोरो सुविधाले करदाताको पैसाको अनावश्यक खर्च गराउँदै आर्थिक अनुशासनको उल्लङ्घन भएको छ। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई उचित मात्रामा आवास सेवा(सुविधा उपलब्ध गराउने प्रावधान गरिएको भए पनि दोहोरो सुविधा लिन पाउने व्यवस्था छैन। अतस् कुनै सार्वजनिक पदाधिकारीले दोहोरो सुविधा लिन नपाउने संविधान, संघिय ऐन तथा प्रदेश ऐनमा स्पष्ट कानुनी व्यवस्था रहेकोमा सो कानुनको विपरीत दोहोरो आवास सुविधा प्रदान गर्ने कुनै कानुनी आधार छैन।
प्रतिक्रिया दिनुहोस्