ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताकाे प्रमाण अनिवार्य


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   ७ : १५   बजे

काठमाडौं १३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गर्नुभएको छ । ट्रम्पले हस्ताक्षर गर्नुभएको कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानूनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हारको कारण फर्जी मतदान रहेको बताउनुभएको थियो ।

राष्ट्रपतिले एकपक्षीय रूपमा जारी गर्ने कार्यकारी आदेशहरूलाई कानून सरह मानिन्छ र यसका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्दैन । कंग्रेसले यस्ता आदेश उल्टाउन सक्दैन तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ ।

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जिया र इन्डियानाजस्ता राज्यहरूमा मतदान गर्न ड्राइभिङ लाइसेन्स, पासपोर्टजस्ता प्रमाणपत्र देखाउनुपर्छ । क्यालिफोर्निया, न्युयोर्क र इलिनोइसजस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन । ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर पनि मतदान गर्न सकिन्छ ।

यस्तै यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा लिन कडा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव, सरकारी निकायमै विरोध

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu