काठमाडौं १३ चैत । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । तत्कालीन अध्यक्ष रोकायासहित तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र सिम्लका घट्ट सिँचाइ कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूसँग जनही १४ लाख आठ हजार आठ सय १७ रुपैयाँ बिगो मागदाबी भएको छ । उनीहरूले सिम्लका घट्ट कुलो सिँचाइ निर्माणमा आर्थिक वर्ष २०७६र७७ मा रकम विनियोजन गरी कार्य सम्पन्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्