काठमाडौं १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैतको १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्नु हुने भएको छ । थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।
यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन शुरू हुँदैछ । थाइल्यान्डकी समकक्षी पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो ।
शताब्दीयौं पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एशियाली देश थाइल्यान्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गर्नुभएको थियो । नेपाल र थाइल्यान्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् ।
प्रतिक्रिया दिनुहोस्