काठमाडौं १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ ।
आज काठमाण्डौमा युवा सङ्घको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । कर्मचारीलाई निकालेकोबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको ओलीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कर्मचारीलाई निकालेकोबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । एउटालाई हटायो, अर्कोलाई नियुक्त गर्यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी रु कसैले भनेको कर्मचारी राखिदिनुपर्ने रु सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने ।’
प्रधानमन्त्री ओलीले नेकपा ९माओवादी केन्द्र० प्रति लक्षित गर्दै कुलमान घिसिङलाई हटाउनु पार्टीका लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्