ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका धेरै ठाउँको मौसम मुख्यतया सफा, काठमाण्डौमा वायु प्रदूषण बढ्यो


एबीसी न्यूज
१४ चैत्र २०८१, शुक्रबार   ८ : ०१   बजे

काठमाडौं १५ चैत । आज देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशैभरको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भने मेघगर्जन र चट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको महाशाखाको भनाइ छ । प्रिमनसुन भएकाले बेलुकीपख काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा सामान्य हावाहुरी चल्न सक्ने अनुमान छ ।

यसैबीच हिउँददेखि नै पर्याप्त पानी नपर्दा काठमाण्डौमा वायु प्रदूषण बढेको छ । काठमाण्डौको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाअनुसार आज बिहान साढे सात बजेसम्म काठमाण्डौको एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २०६ रहेको छ । आईक्यू एअरकाअनुसार काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा छ । इजिप्टको काइरो पहिलो स्थानमा छ । काइरोको एक्युआई २३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu