काठमाडौं १५ चैत । आज देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशैभरको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भने मेघगर्जन र चट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको महाशाखाको भनाइ छ । प्रिमनसुन भएकाले बेलुकीपख काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा सामान्य हावाहुरी चल्न सक्ने अनुमान छ ।
यसैबीच हिउँददेखि नै पर्याप्त पानी नपर्दा काठमाण्डौमा वायु प्रदूषण बढेको छ । काठमाण्डौको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाअनुसार आज बिहान साढे सात बजेसम्म काठमाण्डौको एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २०६ रहेको छ । आईक्यू एअरकाअनुसार काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा छ । इजिप्टको काइरो पहिलो स्थानमा छ । काइरोको एक्युआई २३० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्