काठमाडौं १५ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ क्रान्तिको शुरुवात भएको बताएका छन् । समाजवादी मोर्चाले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको सभामा बोल्दै प्रचण्डले मण्डलेहरुले निजी घरहरुमा आगजनी र तोडफोड गरेर आफ्नो चरित्र देखाएको स्पष्ट पारे । आजै राजधानीतको तिनकुनेमा राजावादीहरुको समूहले प्रहरीसँगको झडपछि निजी घरहरुमाथि आगजनी गरेकोप्रति गम्भीर आपत्ति जनाएका थिए ।
पूर्व राजा ज्ञानेन्द्रलाई अब धेरै निहुँ नखोज्न चेतावनी दिएका छन् ।

दलाल पुँजीवादलाई परास्त गर्न सवै तहका जनता आन्दोलनमा लामवन्द हुनुको कुनै विकल्प नभएको बताए ।
त्यसअघि कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीको षड्यन्त्रमा अहिले गणतन्त्रविरोधी गतिविधि भइरहेको दाबी गरेका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।
नेता विप्लवले भने, ‘हराइएका, जनताको बलद्वारा धुलो परिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन, हामीले बुझेका छौं ।’
उनले नेपाली जनतालाई सामन्ती तत्वहरुको खाँचो नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्