काठमाडौं १५ चैत,। सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।
‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भनेका छन् ।
शुक्रबारका प्रदर्शनमा दुर्गा प्रसाईं आफंले गाडी चलाएर भिडको बीचमा गएर उत्तेजना फैलाएको गृहमन्त्रालयले जनाएको छ । भीडले भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्नुका साथै कान्तिपुर अन्नपूर्ण पोष्टका कार्यालयमा आक्रमाण गरेको थियो । एउटा भीडले नागरिक उड्यन कार्यालयहातामा समेत आगजनी र तोडफोड गरेको थियो । सरकारले हिंसात्मक घटना बढेको भन्दै तिनकुने क्षेत्रमा कफ्र्यु जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्