काठमाडौं १५ चैत । राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा आज ९शुक्रबार० काठमाडौँको तीनकुनेमा गरिएको हत्या, आगजनी र तोडफोडका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको छ।
यसैबीच प्रसाईंले भने आफूलाई पक्राउ गर्न प्रहरी आइरहन नपर्ने, जहाँ बोलायो त्यहीँ आउन तयार रहेको दाबी गरेका छन्। साथै उनले आफू थुनिए पनि अब आन्दोलन नरोकिने चेतावनी पनि दिएका छन्।
‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ, त्यही आउँछु’, प्रसाईंले शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन, किनकि दुर्गा अब व्यक्ति हैन, विचार हो, अभियान हो।’
प्रतिक्रिया दिनुहोस्