काठमाडौं १५ चैत । राजावादीहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।
यसअघि राजावादीहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोट गरेका थिए ।
तीनकुनेबाट उग्र भएको राजावादीको आन्दोलनको नाममा विभिन्न ठाउँमा पुगेर लुटपाट र तोडफोड गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्