काठमाडौं १५ चैत । लोकतान्त्रिक गणतन्त्रले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति, संगठन र सभा–सम्मेलन गर्ने स्वतन्त्रतामाथि कथित व्यवस्था परिवर्तनको नाममा भएको अराजक समूहले खुलेआम गरको आक्रमण प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
शुक्रबार राजधानी काठमाडौंको तीन कुने क्षेत्रमा राजावादी समूहको नाममा भएको प्रदर्शनले सञ्चार गृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको छ । शुक्रबार अन्नपूर्णपोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमाथि गरिएको सांघातिक हमलाको नेपाल मिडिया सोसाइटी कडा भत्र्सना गर्दै अपराधिहरुमािथ तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछौं ।
कथित व्यवस्था परिवर्तनका नाममा भएका अराजक समूहका यस्ता भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन तथा सार्वजनिक सरोकारका सुपर मार्केटदेखि राजनीतिक दलका कार्यालय र सरकारी संस्थानहरुमाथिको आक्रमण तथा लुटपाटले प्रदर्शनकारी र तिनका अगुवाहरुको चरित्रलाई उदाङ्गो पारेको छ । शान्तिपूर्ण रुपमा कसैले पनि प्रदर्शन, भेला तथा सभामार्फत आफ्ना गुनासा, माग र आक्रोश समेत व्यक्त गर्न पाउने अधिकारको कुनै पनि बहानामा दुरुपयोग गर्ने र अझै अघि बढेर जनतालाई सुसूचित गर्ने सञ्चारमाध्यमहरुमाथि भएको आक्रमणलाई कुनै पनि कोणबाट जाजय ठ¥याउन सकिंदैन ।
तसर्थ, सचेत नागरिक, जिम्मेवार राजनीतिक दल तथा आम सञ्चारकर्मी र सवै पेशा तथा व्यवासायीहरुलाई उदार लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुव्यवस्थापन तथा जिम्मेवारीपनलाई गम्भीरतापूर्वक लिन र आगामी दिनमा कुनै पनि बहानामा हुने यसखालका हिंसात्मक प्रदर्शन वा आक्रमणप्रति सचेत रहन सरकारलाई आग्रह गर्दछौं । यसका साथै शुक्रबार राजधानीमा भएको सञ्चारगृह, पार्टी कार्यालयहरु, सुपरमार्केट तथा निजी भवनमाथिका आक्रमण र हिंसाको प्रदर्शन आयोजकलाई जिम्मा लिंदै कानुनी कठघरामा उभिएर जबाफदेही पालना गर्न समेत अनुरोध गर्दछौं ।
अन्तमा पत्रकारहरुको पेशागत सुरक्षा, निर्वाध सूचना संकलन तथा प्रकाशन र प्रसारण स्वतन्त्रता तथा सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन नेपाल सरकार समक्ष माग गर्दै आजको आक्रमणमा संलग्नहरुमाथि तत्तकाल कानुनी कारबाही गर्न समेत हामी जोडदार माग गर्दछौं ।
प्रतिक्रिया दिनुहोस्