काठमाडौं, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।
प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे ।उनले भने, ‘शुक्रबारको घटनाबारे अनुसन्धानका लागि ल्याएका हौं ।’ प्रहरी कार्यालयबाट कुरा गर्दै मिश्रले दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिएको बताए । ‘अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ मिश्रले भने ।
प्रतिक्रिया दिनुहोस्