काठमाडौं, १५ चैत । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नेता नवराज सुवेदीलाई नजरबन्द गरिएको छ ।
८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उनी नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय थिएनन् । यद्यपी उनी राप्रपाको नेतृत्वमा थिए । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उनी आन्दोलन परिचालन समितिको संयोजक भएका थिए । शुक्रवारको आन्दोलनमा उनी अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँडेका थिए । उनलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्नेगरी नजरबन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्