ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसा भड्काउनेलाई कडा कारबाही गर्न कांग्रेसको माग, पश्चगमनविरुद्ध गोलबन्द हुन एमालेको आह्वान


एबीसी न्यूज
१५ चैत्र २०८१, शनिबार   ७ : ३९   बजे

काठमाडौं १६चैत । नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् ।

वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ ।

नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ ।

यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख गर्नुभएको छ ।

राजावादी प्रदर्शनका क्रममा काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ ।

आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि एमालेले सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu