काठमाडौं १६चैत । प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवराज सुवेदी र स्वागत नेपाललाई नियन्त्रणमा लिएको छ।
सुवेदी पूर्वराजाको समर्थकहरूको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक हुन् भने नेपाल प्रवक्ता हुन्। प्रहरीका अनुसार, सेफड लिम्बु र सन्तोष तामाङ नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन्।
लुटपाट, आगजनी लगायतका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस्तै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई आवश्यक कारबाहीका लाागि प्रहरीले खोजी कार्य तीब्र बनाएको जनाएको छ।
दुर्गा प्रसाई भने मोबाइल बन्द गरेर फरार भएका छन्।
यसअघि दिउँसो प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्