काठमाडौं १६ चैत । गृहमन्त्री रमेश लेखक पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको धनजनको क्षतिबारे स्थलगत अनुमगन गर्ने भएका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लेखक अहिले बिहान ९ बजे तीनकुने प्रस्थान गर्ने कार्यक्रम छ।
राजसंस्था पुनस्स्थापनाका लागि आन्दोलनका नाममा शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुने क्षेत्रमा हिंसात्मक गतिविधि गरिँदा २ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्। यसैगरी १४ स्थानमा घर तथा कार्यालयमा आगजनी गरिएका छन्।
काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्।
काठमाडौँको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जन र सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा मृत फेला परेका हुन्।
प्रतिक्रिया दिनुहोस्