काठमाडौं १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजावादी प्रदर्शनका क्रममा व्यावसायिक र व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र लुटपाटको भर्त्सना गरेको छ।
शनिबार विज्ञप्ति जारी गरी महासंघले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमा गरिएका आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनमा परी २ जनाको ज्यानसमेत गएको छ।
उद्योग वाणिज्य महासंघले आन्दोलनरप्रदर्शनका नाममा सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा, व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन गरिएको उल्लेख गरेको छ।
२०८१ चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुस्खद छू महासंघले भनेको छ, आन्दोलनरप्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौँ।
सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकामा भर्त्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने माग महासंघले गरेको छ।
संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छू महासंघले भनेको छ, ूकुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भर्त्सना गर्दछ। साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ।
प्रतिक्रिया दिनुहोस्