काठमाडौं १६ चैत । शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका १२८ जनामध्ये १६ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ।
बाँकी ११२ जना डिस्चार्ज भएका छन्। प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ घाइते भएका ५५ जनामध्ये ५० जना डिस्चार्ज भएका छन्। ५ जनाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, सशस्त्र प्रहरीका २२ जना घाइते भएका थिए। एक जना हाल उपचाररत छन् भने २१ जना पडस्चार्ज भएका छन्।
प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये ३५ जना डिस्चार्ज भएका छन् भने १६ जना उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस्