ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ७ : ४७   बजे

काठमाडौं १७ चैत । प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा नयाँ युद्धविराम प्रस्तावमा सहमति जनाएको छ।

जसमा थप पाँच बन्धक रिहा गर्ने र बदलामा ५० दिनको युद्धविराम गर्नुपर्ने उल्लेख छ। गाजा बाहिर हमासका सबैभन्दा वरिष्ठ नेता खलिल अल(हय्याले हमासले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई अनुमोदन गरेको बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि यो प्राप्त भएको र यस सम्बन्धमा प्रतिक्रिया पठाएको बताएको छ।

दुवै पक्ष नयाँ सम्झौतामा सहमत भएमा युद्धविराम यो इदमा लागू हुने सम्भावना रहेको बीबीसीले जनाएको छ।

इजरायली सेनाले गाजामा दैनिक हवाई आक्रमण र रफाहमा स्थलगत कारबाही गरिरहेका बेला नयाँ युद्धविराम सम्झौताबारे छलफल भइरहेको हो।

जनवरीमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता यसै महिना भंग भएको थियो।

युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गर्‍यो। अझै उसले ५९ जनालाई बन्धक बनाएको बताइन्छ।

तर तीमध्ये कति जना जीवित छन् भन्ने कुरा स्पष्ट छैन।

हमासले पहिलेको सम्झौता तोड्नु हुँदैन र दोस्रो चरणका लागि वार्ता सुरु हुनुपर्छ भनेको थियो। तर यसबारे कुराकानी सुरु नै हुन सकेन।

बदलामा इजरायल र संयुक्त राज्य अमेरिकाले एक महिनाअघि समाप्त भएको युद्धविरामको पहिलो चरणलाई थप गर्नुपर्ने प्रस्ताव राखे।

इजरायलले हमासलाई यो कुरा स्वीकार नगरेको आरोप लगायो र फेरि आक्रमण सुरु गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu