काठमाडौं १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।
‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।
महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो ।
महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।
प्रतिक्रिया दिनुहोस्