बझाङ ७, चैत । बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ । नेपाल कम्युनिस्ट पाटीको नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंहमाथी कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।
बुधबार विहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्र बहादुर सिहँले जानकारी दिएका छन । जिल्ला शिक्षा अधिकारी सिंहले लाखौ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेकोे अखील क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए।
भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा लाखौ रुपैया भ्रटचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारी माथी कालोमोसो दलेर सांकेतिक कारवाही गरेको बिकले बताए ।
प्रतिक्रिया दिनुहोस्