काठमाडौं १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।
उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यस्तै मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
प्रतिक्रिया दिनुहोस्