काठमाडौं, १७ चैत्र । हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किए स् प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन् ।
एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् । ‘उनीहरुको (राजावादीहरुको) नियत नै गलछ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कार्बाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिदैछ । लोकतन्त्र र संविधानलाई उल्लघन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्