ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ६ : ५५   बजे

काठमाडौं, १७ चैत्र । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।
नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड भएको थियो। सोही अवसरमा केही व्यक्तिहरू लुटपाटमा संलग्न भएको आरोपमा फरार रहेका थिए।
प्रहरीका अनुसार १६ र १७ चैतमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सुनसरी लगायत विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्। उनीहरूबाट मदिरा, लत्ताकपडा, कस्मेटिक्स सामग्री लगायतका सामानहरू बरामद गरिएको छ।
पक्राउ पर्नेहरुमा आशिष सिंह (धनुषा) प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार) सुशिला कुमाल (नुवाकोट) एलिसा राई (सुनसरी) बालकुमारी कार्की (काठमाडौं) निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन्।
प्रहरी उपरीक्षक अंगुर जिसीले थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu