काठमाडौं १७ चैत । राजसंस्था पुनस्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा भएका छन् । शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी आफ्नै ल फर्मबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपीलराज बोहराले नेपाललाई हाजिरी जमानीमा छाडिएको बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई भने म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
राजसंस्था पुनस्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका ुकमान्डरु दुर्गा प्रसाईं भने फरार रहेका छन् । उनले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्