ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा सर्वदलीय बैठक : राप्रपासँगै रास्वपालाई पनि बोलाइएन


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ८ : ४७   बजे

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार साँझ सिंहदरबारमा सर्वदीलय बैठक बसिरहेको छ । प्रधानमन्त्री ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको मात्रै सर्वदलीय बैठक आइतबार साँझ ७ बजे सिंहदरबारमा बसेको हो।उक्त बैठकमा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी गराइएको छैन । रास्वपा संसद्मा चौथो ठूलो दल हो भने राप्रपा पाँचौँ ठूलो दलका रुपमा छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, दुवै जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, महन्थ ठाकुरको लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरू सहभागी छन् । तर रास्वपाको दोधारे भूमिकाका कारण र शुक्रबारको उग्र प्रदर्शनपछि राजावादी दल राप्रपालाई गणतन्त्रवादीहरूले सहभागी नगराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गरिएको हो ।
शुक्रबार भएको प्रदर्शनका क्रमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रतिनिधिसभाका सांसद एवम् महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरू दुवैमाथि राज्यविरुद्ध अपराधको मुद्दा चलाउन आइतबार नै म्याद पाँच दिनको म्याद लिइएको छ ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन् । उनले सदनमा देखिएको गतिरोधको अवस्था हटाउने उद्देश्यसहित यो बैठक बसिरहेको बताए ।
यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरेका थिए ।
अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो ।
बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी दिए । संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार नै टेलिफोन संवाद भएको छ । दुई नेताको टेलिफोन संवादपछि गणतन्त्रवादीको सर्वदलीय बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group