ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, अप्रत्यक्ष वार्ता गरेर उचित निर्णय लिने प्रतिक्रिया


एबीसी न्यूज
१७ चैत्र २०८१, सोमबार   ७ : १९   बजे

काठमाडौं १८ चैत । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ ।

उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पार्नुभएको हो ।

ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिँदै आएको छ ।

इरानी राष्ट्रपति पेजेस्कियानले जबसम्म अमेरिकाले आफ्ना गल्ती सुधारेर विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको हो । तर अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले बताउनुभयो । उहाँले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौतामा सहमति जनाएन भने चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभएको छ ।

यसअघि ट्रम्पले सन् २०१५ मा भएको आणविक सम्झौता तोडेका कारण इरानले उहाँमाथि विश्वास गरेको छैन ।

अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्त्वपूर्ण बनाएको छ । तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu