ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुराम भट्टराईले भने, ‘पार्टी एकता सम्भव छैन’


admin
७ चैत्र २०७४, बुधबार   ६ : ५९   बजे

चितवन, ७ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उहाँले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले आजै प्रदेश नं ३ र प्रदेश नं ४ ले आज भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं ।”

उहाँले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ । त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ ।” उहाँले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरुबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको बताउँदै भन्नुभयो, “नोट चल्ने भोट नचल्ने जुन प्रणाली छ यो परिवर्तन हुनुपर्दछ ।”

कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो । उक्त वाचनमा देशमा समस्या छ, समस्याका कारण छ । समस्याको निवारण छ, पाँच ‘स’को माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने वाक्यांश शुरु गरी पाँच बुँदे घोषणाको सामूहिक पाठ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group