ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी कर वृद्धिकाे सामना गर्न चीन, जापान र दक्षिण कोरिया क्षेत्रीय व्यापार सहज बनाउन सहमत


एबीसी न्यूज
१७ चैत्र २०८१, सोमबार   ७ : ३०   बजे

काठमाडौं १८ चैत । चीन, जापान र दक्षिण कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्नका लागि क्षेत्रीय व्यापार सहज बनाउन सहमत भएका छन् ।

कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू शुरू हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा भएको पहिलो बैठकमा यो सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ ।

बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उहाँका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित हुनुहुन्थ्यो । तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि वार्ता तीव्र पार्न आह्वान गरेका तथा अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भएका बैठकपछिको विज्ञप्तिलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताउनुभयो । यस्तै जापानी व्यापार अधिकारी यासुजी कोमियामाले अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन भइरहँदा अनिश्चितता बढिरहेको उल्लेख गर्नुभयो । यसैगरी चिनियाँ अधिकारी वाङ लिपिङले एकपक्षीयता र संरक्षणवाद फैलिरहेको भन्दै तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।

चीन, जापान र दक्षिण कोरियाले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आउँदो अप्रिल २ तारिखदेखि अनुचित मानिएका व्यवहारहरूको उपचार गर्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरूको प्रतिज्ञा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group