ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमस्टेक विकास कोष स्थापना गरौँ- एनपी साउद


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   १ : ३६   बजे

काठमाडौं २० चैत । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक० महत्वपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको बिमस्टेकको छैटौं सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गरीबी निवारण, द्रुत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्द्धन, बहुआयामिक सम्पर्क विस्तार र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने ।

नेपाली कांग्रेसका नेता साउदले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त जीडीपी ५ ट्रिलियन डलरभन्दा माथि भए पनि आपसी व्यापार सात प्रतिशतभन्दा कम रहेको बताए । ‘व्यापारिक प्रवाह विस्तार गरेर गरिबी न्यूनीकरण र दिगो विकासलाई प्रबर्द्धन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले ‘रिजनल भ्यालु चेन’ निर्माण गर्नुपर्ने देखिन्छ ।’

साउदले पूर्वाधार र सम्पर्क सञ्जालको विस्तारमा पनि जोड दिए । ‘बिमस्टेक मास्टर प्लान फर ट्रान्सपोर्ट कनेक्टिभिटी ९२०२२० ले सडक, रेल, जलमार्ग, हवाई यातायात, तथा बहुआयामिक सम्पर्क सुधारका परियोजनाहरू पहिचान गरेको छ । यी परियोजनाहरूको शीघ्र कार्यान्वयन आवश्यक छ,’ उनले भने ।

साउदले सन् २०१८ मा नेपालको अध्यक्षतामा बिमस्टेक ग्रिड इन्टरकनेक्सन सम्झौता सम्पन्न भएको स्मरण गर्दै उक्त सम्झौताले क्षेत्रीय विद्युत व्यापारका लागि मार्ग प्रशस्त गरेको पनि बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउद बिमस्टेक विकास कोष स्थापनाको आवश्यकतामा पनि जोड दिए । उनले बिम्स्टेक विकास कोष स्थापना गरी पूर्वाधार, जलविद्युत् तथा अन्तरदेशीय प्रसारण लाइनजस्ता परियोजनाहरूका लागि वित्तीय स्रोत जुटाउनुपर्ने बताए ।

बिमस्टेकले विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक ९एडीबी० जस्ता संस्थाहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न आवश्यक रहेको पनि साउदको भनाइ थियो । उनले हिमालयदेखि समुद्री तटसम्मको वातावरणीय सन्तुलन जोगाउन साझा प्रयास आवश्यक रहेको भन्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न बिमस्टेकले संयुक्त रणनीति अपनाउनु पर्ने आवश्यकता औंल्याए ।

साउदले बिमस्टेकलाई प्रभावकारी बनाउन जनस्तरमा उपस्थिति वृद्धि गर्नुपर्ने, सदस्य राष्ट्रहरूबीच शैक्षिक आदानप्रदान, सांसद तथा मिडिया प्रतिनिधिहरूको अन्तरक्रिया तथा डिजिटल सम्पर्क विस्तार गर्नुपर्ने पनि बताए ।
कांग्रेस नेता साउद इन्डिया फाउन्डेसनको निमन्त्रणमा बिमस्टेकमा सहभागी हुन थाइल्यान्ड गएका हुन् ।

फाउन्डेसनले कांग्रेस नेता साउदसँगै नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई पनि बिमस्टेक सम्मेलनमा आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group